उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
३ भदौ, काठमाडौँ ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले प्रमुख सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक बैठक बोलाएपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचेत विरोधको तयारी थालेको छ। एमालेले सिंहदरबारमा संसदीय दलको बैठक बोलाउँदा कांग्रेसले दिउँसो २ बजे पदाधिकारी तथा सांसदहरूको बैठक आह्वान गरेको छ।
रास्वपाले यसलाई गम्भीर रूपमा लिँदै उपसभामुख हटाउने तयारी भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ। रास्वपाका सांसदहरूका अनुसार, संवैधानिक परिषद् प्रकरणमा हस्तक्षेप गर्न उपसभामुखलाई हटाउने प्रयास हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि कांग्रेस–एमालेले गत वर्ष उपसभामुख हटाउने प्रयास गरेका थिए तर सत्ता साझेदार जसपाको असहयोगले योजना रोकिएको थियो।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment