बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक

सारांश

  • रातिको समयमा बीपी राजमार्गमा १५ भदौसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।
  • काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।
  • काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ ।

३० साउन, काभ्रेपलाञ्चोक ।

रातिको समयमा बीपी राजमार्गमा १५ भदौसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ ।

देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन रोक्ने निर्णय भएको उनले बताए । यसअघि स्थानीय प्रशासनले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै ७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?