११ श्रावण २०८२, शनिबार

बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन

२० मंसिर, धनुषा । आम जनता पार्टीले बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ ।

आम प्रदर्शनकारीहरूले जनतालाई सहज कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् । बैंकहरुले मनोमानी लिने गरेको  ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने र किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । आफ्ना माग पुरा नभए मधेस बन्द गर्नेसम्मको चेतावनी सो पार्टीले दिएको छ । आम जनता पार्टीका महासचिव उपेन्द्र साहको नेतृत्व तथा मधेस प्रदेश कमिटीको आयोजनामा विरोध र्‍याली जनकपुरको बार विघाहाबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?