सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा
२३ साउन, काठमाडौं ।
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी भएको बताएका छन् । शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए ।
उनले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतीका चाङहरूलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए । उनले भने,‘सबै बेरुजूलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी हुन् । भ्रष्टाचार बेरुजु फरक कुरा हुन् ।’सांसद बास्कोटाले बेरुजु फर्स्यौटलाई कानुनी र व्यवहारिक रूपमा सहज बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment