महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
२० साउन, धनगढी ।
महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले मंगलबार बिहान पानीको सतह बढेर एक लाख २४ हजार क्युसेक पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको जानकारी दिए । महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ । तराईमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा महाकालीमा जलसतह बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment