२१ श्रावण २०८२, मंगलवार

पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध

२० साउन, पाल्पा ।

वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन ।

सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको हो । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । वर्षा रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने सूचना अधिकारी ज्ञवालीले बताइन् । वर्षा हुनेबित्तिकै ढुंगा र पहिरो खस्ने भएकोले यो क्षेत्रमा पटक-पटक सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

-कमल अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?