२० श्रावण २०८२, सोमबार

एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल

१९ साउन, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असल भावना, संस्कार सिकाइतर्फ प्रेरित गर्ने पार्टी नै नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गरे।

समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी एकीकृत समाजवादी भएको उनको दाबी छ। समाजमा रहेका गरिबी, अभाव, पछौटेपन, अन्याय, अत्याचार, दुराचार, जातीय भेदभाव, दलितमाथिको छुवाछुतको विरोधमा आफ्नो पार्टी रहेको बताए। आफूहरु न्यायको निम्ति लड्ने, समानता खोज्ने, सुख र समृद्धिका लागि लड्ने पार्टी भएको उनको भनाइ थियो। उनले नयाँ पुस्तासँग आफ्नो पार्टीको चुनाव चिन्ह कलमको प्रचार गर्न पनि आह्वान गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment