१२ श्रावण २०८२, आईतवार

जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

१९ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजावदीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्याएको हो । त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटव्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?