महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
११२ पटक हेरिएको
Shares
महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह

सारांश

  •   मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणको लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताएका छन् ।
  • लहानमा आज आयोजित महिला उद्यमी सङ्घ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाइ आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए।
  • मुख्यमन्त्री सिंहले महिला–पुरुषबीच समानता कायम गर्न महिला आत्मनिर्भरता आवश्यक भएको उल्लेख गर्दै सक्षम महिलालाई उद्यमशील क्षेत्रमा जोड्नु जरुरी भएको बताए।

१५ साउन, सिरहा । 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणको लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताएका छन् । लहानमा आज आयोजित महिला उद्यमी सङ्घ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाइ आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री सिंहले महिला–पुरुषबीच समानता कायम गर्न महिला आत्मनिर्भरता आवश्यक भएको उल्लेख गर्दै सक्षम महिलालाई उद्यमशील क्षेत्रमा जोड्नु जरुरी भएको बताए। ‘महिलाले उत्पादन गरेका सामग्री गुणस्तरीय बनाएर बजारीकरण र अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्छ’, उनले भने, ‘फर्सीको बीउ उत्पादन, गुन्द्रुक र आँपको अचारजस्ता परम्परागत तर गुणस्तरीय वस्तु विदेश निर्यात गर्न सकिने सम्भावना छ ।’मुख्यमन्त्री सिंहले साना–साना सामग्री आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वदेशी उत्पादन र उपभोगमा जोड दिनुपर्ने बताए। साथै, महिला उद्यमीलाई आवश्यक तालिम दिएर सीप अभिवृद्धि गरिनुपर्ने र आधुनिक प्रविधिको ज्ञानमार्फत थप लाभ लिन सकिने सम्भावना रहेको उल्लेख गरे ।  महिला उद्यमी महासङ्घकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाउँ, स्वदेशी लाउँ, स्वदेशी उद्यमीलाई प्रोत्साहन गरौँ’ नारासहित देशका ७७ वटै जिल्लामा महिला उद्यमी सङ्घ गठन भइसकेको जानकारी दिए ।

उनले महिला उद्यमशीलताको विकासले केवल महिलाको जीवनस्तरमा मात्रै सुधार ल्याउने नभएर परिवार र समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताए। लहान नगरप्रमुख महेशप्रसाद चौधरीले महिलाले अब उद्यमबाटै विदेश जाने पुरुषको भन्दा बढी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे। नगरपालिकाले रोजगारी, तालिम र उद्यममा अवसर दिँदै आएको उल्लेख गर्दै अब प्रत्येक वडामा महिला समिति गठन गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिए । मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले महिलाको आर्थिक सबलीकरणले महिला हिंसा न्यूनीकरणमा  भूमिका खेल्ने धारणा राखे। मधेसमा महिला प्रहरीको सङ्ख्या अपुग रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रले मिलेर महिला सशक्तिकरणमा हातेमालो गर्नुपर्ने बताए ।  सो अवसरमा खुश्बु जैसवालको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी सङ्घ नेपाल, सिरहा गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको माग
रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको माग
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
मिथिलामा आज चैती छठ पर्व मनाइदै
मिथिलामा आज चैती छठ पर्व मनाइदै