रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण

सारांश

  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ ।
  • बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो ।
  • नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जितालाई हटाउनुको पहिलो कारण उनले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो ।

१५ साउन, काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ । बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो । नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जितालाई हटाउनुको पहिलो कारण उनले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो । विधानले कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनीत गरेको हुँदा उनलाई हटाउनु परेको दोस्रो कारण रहेको नाउपाले जानकारी गराएको छ ।

रञ्जिताले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । केन्द्रीय सदस्यहरूले पटक-पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको जनाइएको छ । ‘पटक-पटक बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले आग्रह गर्‍यौं । बैठक बोलाउन चासो देखाउनुभएन,’ महासचिव थारूले भने । कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनक लागि दिइएको समयभित्र जवाफ नदिएको हुँदा पदमुक्त गर्नुपरेको अर्को कारणमा उल्लेख गरिएको छ । पाँचौं कारण, पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता मुछिएको घटना बनाइएको छ । पार्टीले रञ्जितालाई हटाउनका लागि औपचारिक निर्णय गरिसके पनि नयाँ अध्यक्ष भने तोकिसकेको छैन ।

नयाँ अध्यक्षको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने अवस्थाले अर्को व्यक्तिलाई अध्यक्ष बुधबार तोकिएन । बिहीबार थप छलफल गरेर निर्णय गर्ने गरी हिजोको बैठक सकिएको थियो । ‘अध्यक्ष हटाएपछि अर्को व्यक्ति बनाउनै पर्‍यो । आज निर्णय हुन्छ,’ महासचिव थारूले भने,‘ विधिसंगत हटाउनका लागि राष्ट्रिय भेला बोलाएका हौं । केन्द्रीय समितिले मात्रै हटाएको त होइन नि?’ अध्यक्ष रञ्जितालाई पदमुक्त गर्न राष्ट्रिय भेला बोलाइएको छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश र संघका सांसद र नाउपाबाट निर्वाचित पालिकाका प्रमुखलाई पनि बोलाइएको छ ।

बिहीबारको भेलाबाट नयाँ अध्यक्ष चयन गर्ने नाउपाले जनाएको छ । गंगाराम चौधरी, लालबीर चौधरी र रामलाल डगौरा मध्येबाट एक जना अध्यक्ष चुन्ने गरी छलफल भएको नाउपाका नेताहरुले जानकारी गराएका छन् । गंगाराम नाउपाका संसदीय दलका नेता हुन् । लालबीर पार्टी संरक्षक रेशम चौधरीका बुवा हुन् । डगौरा टीकापुर नगरपालिकाका मेयर हुन् । डगौराले नै राष्ट्रिय भेलाको संयोजन गरेका छन् । संरक्षक चौधरीले आफू आयोजक नभई प्रमुख अतिथिका रुपमा उपस्थित भएको जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम