क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त

सारांश

  • अमेरिकी सेनाको एउटा एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डा (नेभल एयर स्टेसन लिमोर)नजिकै दुर्घटना भएको छ ।
  • यो दुर्घटना मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित लिमोर नौसेना हवाई अड्डानजिकै भएको नौसेनाले जनाएको छ ।
  • स्थानीय समयानुसार बुधबार साँझ करिब ६ः३० बजे यो दुर्घटना भएको हो ।

१५ साउन, काठमाडौं ।

अमेरिकी सेनाको एउटा एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डा (नेभल एयर स्टेसन लिमोर)नजिकै दुर्घटना भएको छ ।यो दुर्घटना मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित लिमोर नौसेना हवाई अड्डानजिकै भएको नौसेनाले जनाएको छ । स्थानीय समयानुसार बुधबार साँझ करिब ६ः३० बजे यो दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको नौसेनाले जनाएको छ ।

दुर्घटनामा पाइलट समयमै विमानबाट बाहिर निस्कन (इजेक्ट गर्न) सफल भएका र उनलाई अस्पताल लगिएको छ । हाल उनी सुरक्षित र खतरामुक्त छन् ।अमेरिकी नौसेनाका अनुसार, यो लडाकु विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५ लाई सुम्पिइएको थियो । त्यसलाई ‘रफ रेडर्स’ नामले चिनिन्छ । भीएफ–१२५ एक फ्लीट रिप्लेसमेन्ट स्क्वाड्रन हो । त्यसको जिम्मेवारी पाइलट र चालक दल (एयर क्रू)लाई तालिम दिने हो । दुर्घटना हुँदा यो विमान कुनै मिसनमा नभई प्रशिक्षण उद्देश्यका निम्ति उडानमा थियो । एफ–३५ विमान के हो ? एफ–३५ पाँचौँ पुस्ताको एकल सिट, एउटा इन्जिन स्टिल्थ मल्टिरोल लडाकु विमानको परिवार हो ।

हवाई श्रेष्ठता, आक्रमण, इलेक्ट्रोनिक युद्ध र गुप्तचर जानकारी संकलनको मिसन पूरा गर्न यसको डिजाइन गरिएको हो ।  विमान लकहिड मार्टिन कम्पनीले बनाउँछ । यो अत्याधुनिक स्टिल्थ, रडारबाट बच्ने क्षमता र लडाकु क्षमताका निम्ति प्रख्यात छ । दुर्घटनाग्रस्त एफ–३५ विमानको लागत करिब १०० मिलियन डलर रहेको जनाइएको छ । यो अमेरिकी नौसेनाका निम्ति विशेष रूपमा डिजाइन गरिएको एक ‘भेरियन्ट’ हो । विमानवाहक जहाज (एयरक्राफ्ट क्यारियर)बाट त्यसको उडान गर्न सकिन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
सचिवालय सदस्य थापाले छाडे बाबुराम भट्टराईको पार्टी, फर्किए माओवादी
सचिवालय सदस्य थापाले छाडे बाबुराम भट्टराईको पार्टी, फर्किए माओवादी
प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो
सप्तरीमा गोली हानेर पुजारीको हत्या
सप्तरीमा गोली हानेर पुजारीको हत्या
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने
यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा