नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
१५ साउन, काठमाडौं ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट
निष्कासन गरिएको महासचिव कञ्चन (धर्मेन्द्र बास्तोला)ले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । विज्ञप्तिमा उनीहरुले पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टी विरोधी गतिविधि गरेकाले कारबाही गरेको बेहोरा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment