सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
१२ साउन, काठमाडौं ।
सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटिपूर्ण पाइएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २ अंक रातोमा देखियो । भारित औसत मूल्य गणना अन्तिम १५ मिनेटका आधारमा हुने गर्छ । तर बजार अन्तिम १५ मिनेटभर हरियो थियो ।
अघिल्लो दिन २९६४ अंकमा बन्द भएको बजार आज २ : ४५ बजे ३ अंक बढेर २९६७ अंकमा थियो, त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो । तर भारित औसत मूल्य गणनापछि २.०७ अंक रातो भयो । कारोबार प्रणाली (टीएमएस)मा भने भारित औसत मूल्य गणनापछि नेप्से २.६१ अंक हरियोमा देखिएको छ । आज भारित औसत मूल्य गणनापछि अंकमा केही गडबडी देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘अंकमा केही गढबढी भएको पाइएको छ, प्राविधिक टिम समस्या पहिचान र समाधानका लागि खटिइरहेको छ’ उनले भने ।
Post Comment