नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
४० पटक हेरिएको
Shares
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल

सारांश

  •   स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताउनुभएको छ ।
  • अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले स्वास्थ्य क्षेत्रमा सुधार भएपनि पूर्ण रुपमा सुधार नभएको जिकिर गर्नुभयो ।

१२ साउन, काठमाडौँ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताउनुभएको छ । अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रमा सुधार भएपनि पूर्ण रुपमा सुधार नभएको जिकिर गर्नुभयो । उहाँले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई सरकारले उपलब्ध गराइदिनुपर्ने बताउनु भयो ।

आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न नसकेको स्वीकार गर्नुभयो । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न थप लगानी जरुरी रहेको बताउनु भयो । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने बताउनु भयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी छ । पूर्णतातर्फ लिएर जान जरुरी छ । स्वास्थ्य क्षेत्रमा सुधार नभएको होइन तर पूर्ण रुपमा सुधार हुन सकेको छैन । यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ । हाम्राबारेमा प्रशस्त टिकाटिप्पणी भइरहेको छ ।

आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसा, सरकारले त्यो सेवा उपलब्ध गराइदिनुपर्छ भन्ने मान्यता स्वभाविक छ । त्यो स्वभाविक मान्यताको आधारमा नेपालको संवैधानिक व्यवस्थाका आधारमा, हामीले बारम्बार व्यक्त गरेका प्रतिवद्धताका आधारमा हामीले आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न सकिरहेका छैनौँ । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न हामीले थप लगानी गर्न जरुरी छ । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो त्यसबाट राज्य पन्छिन सक्दैन ।’ मन्त्री पौडेलले अस्पताल सुधारका निम्ति योजनावद्ध भएर काम गर्नुपर्ने बताउनु भयो । आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयले उपलब्ध गराउने पनि प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन
बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न
बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्
काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्