१२ श्रावण २०८२, आईतवार

सभामुख घिमिरे जेनेभा जाँदै

११ साउन, काठमाडौं ।

सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।

‘सभामुखले दुई वटा सेसनमा सम्बोधन गर्ने कार्यक्रम छ,’ अधिकारीले भने । उक्त सम्मेलनमा हुने ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ नामक दुई सेसनमा सभामुख घिमिरे सहभागी हुनेछन् । सभामुखहरूको सम्मेलन प्रत्येक ५/५ वर्षमा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?