सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृ*त्यु

सारांश

  • भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ ।
  • दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ ।
  • राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् ।

९ साउन, राजस्थान ।

भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ । राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् ।

सञ्चारमाध्यमहरूले भने मृतक बालबालिकाको सङ्ख्या कम्तीमा पाँच रहेको भन्दै समाचार छापेका छन् । दुर्घटना लगत्तै गाउँलेहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए ।  घाइतेहरूमा शिक्षकहरू पनि भएको बताइएको छ । हाल सबैलाई उपचारको लागि अस्पताल लगिएको छ । ‘विद्यालयको छत भत्किँदा दुःखद घटना भएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

कलेक्टर सहित शिक्षा विभागका अधिकारीहरूलाई पठाइएको छ ।’  शिक्षामन्त्री मदन दिलावरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अनि यो दुर्घटना कसरी भयो भनेर पत्ता लगाउन उच्चस्तरीय अनुसन्धान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको झम्सीखेलमा गोली चल्यो
ललितपुरको झम्सीखेलमा गोली चल्यो
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा