सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु

सारांश

  • सर्लाहीको लालबन्दी नगरपालिका–१ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र तेल बोक्ने ट्याङ्कर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
  • शुक्रवार राति करिब ११ बजेर २० मिनेट जाँदा पूर्वतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्बरको खाली ट्याङ्कर र पश्चिमतर्फ जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
  • घाइते सर्लाहीको हरिवन नगरपालिका–४ सासापुर निवासी ३१ वर्षीय रामबहादुर स्याङतानलाई स्थानीय मोडेल अस्पताल लालबन्दीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

७ साउन, सर्लाही ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र तेल बोक्ने ट्याङ्कर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रवार राति करिब ११ बजेर २० मिनेट जाँदा पूर्वतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्बरको खाली ट्याङ्कर र पश्चिमतर्फ जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

घाइते सर्लाहीको हरिवन नगरपालिका–४ सासापुर निवासी ३१ वर्षीय रामबहादुर स्याङतानलाई स्थानीय मोडेल अस्पताल लालबन्दीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, शनिबार बिहान १ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक भरत साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो। ट्याङ्कर चालक सुनसरी रामधुनि नगरपालिका–९ का ३२ वर्षीय अरविन्द महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
अमेरिकाले गर्‍यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
अमेरिकाले गर्‍यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश
प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने