सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु
७ साउन, सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र तेल बोक्ने ट्याङ्कर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रवार राति करिब ११ बजेर २० मिनेट जाँदा पूर्वतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्बरको खाली ट्याङ्कर र पश्चिमतर्फ जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
घाइते सर्लाहीको हरिवन नगरपालिका–४ सासापुर निवासी ३१ वर्षीय रामबहादुर स्याङतानलाई स्थानीय मोडेल अस्पताल लालबन्दीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, शनिबार बिहान १ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक भरत साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो। ट्याङ्कर चालक सुनसरी रामधुनि नगरपालिका–९ का ३२ वर्षीय अरविन्द महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Post Comment