कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
६ साउन, काठमाडौं ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पु¥याएको र केही दिनभित्रै पास हुने बताउनुभएको छ ।मंगलवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गर्नुभाये । उहाँले जलवायु परिवर्तनको असर विश्वभर नै ठूलो चुनौति बनेको बताउनु भयो ।
यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको बताउनु भयो । परिणमतः केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो । जलवायु परिवर्तनको जोखिम दिन प्रतिदिन बढिरहेको बताउनु भयो । मन्त्री ठकुरीले भन्नुभयो, ‘अहिलेको परिवेशमा जलवायु परिवर्तनले विश्वमा ठूलो चुनौति थपिएको छ । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको छ ।
यसै असर स्वरुप हामीले केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको छ । तराई मधेसमा सुख्खा खडेरी छ । पानीको हाहाकार छ । यो सबै जलवायु परिवर्तनको परिणाम हो । यो अवस्था दिन प्रतिदिन बढ्दै जानेछ । वन तथा वातावरण मन्त्रालयले पहल र प्रयास गरिरहेको छ । एनडिसी ३ भर्खरै हामीले सार्वजनिक गरेका छौँ, यो अहिले युएनएफसीसीसीमा पेश गरिसकेका छौँ । कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पु¥याएका छौँ । केही दिनभित्रै यो पास हुनेछ र यसले कार्बन व्यापारमा सहजता ल्याउनेछ ।’ मन्त्री ठकुरीले मधेसमा पानीको हाहाकार हुनु पनि जलवायु परिवर्तनकै असर रहेको बताउनु भयो ।
Post Comment