वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै

सारांश

  •   वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.
  • व.
  • ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताउनुभएको छ ।

६ साउन, काठमाडौं । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताउनुभएको छ । मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताउनु भयो ।

महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताउनु भयो । उहाँले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको अवस्था पाउँछौँ । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको छ ।

कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइएको छ । सुरक्षा चुनौतिका कारण तर अवैध बाटो हुँदै जानुभएको छ । विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भएपनि महिला श्रमीक नपठाउने भनेका देशहरुमा पनि महिला श्रमीक गएको र विभिन्न समस्या आएको छ । वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउनसक्छन् । सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ ।’ पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको बताउनु भयो । संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको बताउनु भयो । –

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित