सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
६४ पटक हेरिएको
Shares
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण

सारांश

  •   नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
  • उहाँले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गर्नुभयो ।

६ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गर्नुभयो । सांसद भट्टले राष्ट्रिय सभा सदस्यहरुको भूमिका र उमेरलाई लिएर प्रश्न उठ्ने गरेको उल्लेख गर्दै  यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीलाई लक्षित गर्दै काट्टो खाएको मान्छेले पिण्ड के हो भन्ने कुरा नबुझ्ने टिप्पणी गर्नुभयो । केही समय अघि सांसद शाहीले राष्ट्रिय सभा वृद्धाश्रम भएको  भनी दिनुभएको थियो । सांसद भट्टले भन्नुभयो, ‘जसले काट्टो खाएको छ उसलाई पिण्ड के हो भन्ने कुरा कसरी बुज्छ ?

ती काट्टो खानेवालाहरुलाई भन्न चाहान्छु पिण्ड भनेको सम्मानको शब्द हो । त्यसकारण यो राष्ट्रिय सभाको गरिमा छ । यसको औचित्य छ । यो सभाले कुलिङ अफ पिरियडको कुरामा मात्र होइन यहाँ आउने सबै विधेयकहरुमा राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गरेको कुरा प्रमाणित गर्छ । एकथरी आन्दोलन के हो ? जेल के हो ? परिवर्तन के हो ? केही पनि थाहा छैन । सानो छिसिक्क केही भयो कि राजनीनामा भन्छन् । मलाई त राति निद्रामा बिउँझिदा पनि राजीनामा नै भन्छन् कि जस्तो लाग्छ ।’ उहाँले परिवर्तन र आन्दोलन केही नदेखेकाहरुले गृहमन्त्रीको राजीनामा मागिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?