विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ

सारांश

  •   नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिनुभएको छ ।
  • मंगलवार ४३ औँ विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिनुभएको हो ।
  • उहाँले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रुपमा छानबिन समिति बनाएको स्मरण गराउनु भयो ।

६ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिनुभएको छ । मंगलवार ४३ औँ विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिनुभएको हो । उहाँले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रुपमा छानबिन समिति बनाएको स्मरण गराउनु भयो ।

सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने उहाँको चेतावनी थियो । शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह पनि गर्नुभयो । एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्लाबेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो ।  महामन्त्री शर्माले भन्नुभयो, ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्मानीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ,  राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ । हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने,

तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रश्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुईवटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ । परिस्थितिको अत्यन्तै प्रतिकुलता र जटिलताको बिचबाट गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता हाम्रा फरक मतहरूको बिचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुईवटा, तीनवटा दृष्टिकोणहरू हुन्छन् भने स्वाभाविक छ अहिले दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बिचबाट साझा मतको खोजी गनु पनि छ । त्यसैले यो बेलामा सम्माननीय प्रधानमन्त्रीलाई यहाँबाट अपील गर्नुप¥यो । अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुईवटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ । यो दुईटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्युले गम्भीरता राख्नुपर्छ ।’ महामन्त्री शर्माले गठबन्धनमा उत्पन्न समस्याको हल खोज्ने जिम्मा प्रधानमन्त्री ओलीको रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट