निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
४८ पटक हेरिएको
Shares
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध

सारांश

  •    सर्लाहीको लालबन्दीमा व्यापारीले तरकारी नकिनेपछि आक्रोशित किसानहरूले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।
  • आइतबार बिहानदेखि लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रबाट फर्केका किसानहरूले तरकारी नै बोकेर राजमार्गमा उभिँदा सडक अवरुद्ध भएको हो।
  • कृषि उपज संकलन केन्द्रमा बिक्रीका लागि ल्याइएको तरकारी थोक व्यापारीहरूले नकिनेपछि किसानहरू आन्दोलनमा उत्रिएका हुन्।

४ साउन, सर्लाही ।  

सर्लाहीको लालबन्दीमा व्यापारीले तरकारी नकिनेपछि आक्रोशित किसानहरूले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्। आइतबार बिहानदेखि लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रबाट फर्केका किसानहरूले तरकारी नै बोकेर राजमार्गमा उभिँदा सडक अवरुद्ध भएको हो।

कृषि उपज संकलन केन्द्रमा बिक्रीका लागि ल्याइएको तरकारी थोक व्यापारीहरूले नकिनेपछि किसानहरू आन्दोलनमा उत्रिएका हुन्। थोक व्यापारीहरूले नगरपालिकाले लगाएको निकासी करको विरोध गर्दै तरकारी खरिद गर्न अस्वीकार गरेका थिए। कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार नगरपालिकाको निर्णयका कारण बजारमा तरकारीको कारोबार नै ठप्प भएको छ।

किसानहरूको उत्पादित तरकारी थन्किँदा उनीहरू आक्रोशित बनेर राजमार्गमै प्रदर्शनमा उत्रिएका हुन्। राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधनहरू बीचमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्। स्थानीय प्रशासनले स्थिति समाधान गर्न पहल थालेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन