एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

सारांश

  • नेकपा एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी छ।
  • ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।
  • एमालेको केन्द्रमा तीनवटा संरचना हुने प्रस्ताव गरिएको छ।

३ असार, काठमाडौं ।

नेकपा एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।

एमालेको केन्द्रमा तीनवटा संरचना हुने प्रस्ताव गरिएको छ। सचिवालय बैठकले सचिवालयको व्यवस्था हटाउने भएको छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह मात्रै राख्ने भएको छ। राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ समेत केन्द्रीय कमिटीको संख्या २ सय ५१ मा झार्ने भएको छ। वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ। वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको उपाध्यक्ष बन्ने उल्लेख गरिएको छ। पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। हाल केन्द्रीय कमिटी ३०१ सदस्यीय छ भने पदाधिकारीको संख्या १९ छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुनेछन्। केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने वा अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो वरीयताका पदाधिकारी हुने लोकतान्त्रिक प्रणालीको मर्मविपरीत हुने भन्दै हटाइएको छ।

पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरू मध्येबाट बढीमा एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरोको निर्वाचन गर्ने व्यवस्था गरिएको छ। अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहने गरी स्थायी समिति गठन गरिने छ। अर्थात् १५ सदस्यीय स्थायी समिति हुने छ। कमिटीका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम पनि तोकिने छ। सचिवालय बैठकले दुई कार्यकालको हदम्याद र ७० वर्षे उमेर हद हटाउन प्रस्ताव पास गरेको छ। सचिवालय बैठकले पारित गरेको प्रस्तावमाथि पोलिटब्यूरो बैठकमा छलफल चलिरहेको हो। शुक्रबार आठ जना सदस्यले विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा आफ्नो धारणा राखेका थिए।  पोलिटब्युरोबाट पारित प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै