भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा

सारांश

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।
  • शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री दाहालले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको भौतिक मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।
  • एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दाहालले आफ्नो एक वर्षे कार्यकाल उपलब्धीमुलक एवं सफल भएको दाबी गर्नुभयो ।

२ साउन, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री दाहालले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको भौतिक मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दाहालले आफ्नो एक वर्षे कार्यकाल उपलब्धीमुलक एवं सफल भएको दाबी गर्नुभयो ।

मन्त्रालयको एकवर्षे उपलब्धी सार्वजनिक गदै मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वाधार निर्माण, एने, नियम तथा नियमावलीको सम्बन्धमा मन्त्रालयले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनु भयो । उहाँले राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्मा पुगिसकेको बताउनु भयो । उहाँलेसवारी तथा यातायात व्यवस्था विधेयक समेत संसदीय समितिमा छलफलका क्रममा रहेको बताउनु भयो । त्यस्तै, सडक सुरक्षा ऐन, डिप्लोमा इन्जिनियरिङ काउन्सिलको मस्यौदा, शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र सडक दस्तुर उठाउने कार्यविधि बनाउने कार्यसम्पन्न भइसकेको बताउनु भयो ।

यो वर्षभित्रमा नागढुंगा सुरुङमार्गमा प्रवेश गर्ने सवारी साधनमा लाग्ने दस्तुरको नियमावली समेत स्वीकृत भइसक्ने उहाँको भनाइ छ ।  सचिव शर्माले गत असोजमा आएको बाढीबाट क्षति भएका बीपी राजमार्ग लगायतका राजमार्गलाई सञ्चालनमा ल्याउन सफल भएको बताउनु भयो । आर्थिक वर्ष २०७६÷७७ पछि सबैभन्दा धेरै पुँजीगत खर्च यो मन्त्रालयले गरेको छ । यो गएको वर्षमा पनि सबैभन्दा धेरै पूँजीगत खर्च गर्ने मन्त्रालय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । गएको आर्थिक वर्षमा ७६.४१ प्रतिशत पूँजीगत खर्च भएको उहाँले उल्लेख गर्नुभयो । ७६ वटा उपशीर्षकमा रहेको बजेटमा ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च गरेको पनि उहाँले बताउनु भयो ।

ग्वार्को फ्लाईओभर निर्माण सम्पन्न भएर सञ्चालनमा आउनु मन्त्रालयको महत्वपूर्ण उपलब्धी रहेको पनि सचिव शर्माले बताउनु भयो । मध्यपहाडी, हुलाकी लगायतका राजमार्गहरुमा लक्ष्यभन्दा धेरै उपलब्धीहरु हासिल गरेको सचिव शर्माको दाबी छ ।  यात्रुहरुको सहजताको लागि देशभरका सडकहरुको अवस्था अनलाइनबाटै हेर्ने व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले त्रिदेशीय १० वटा कोरिडोरहरुमध्ये किमाथाङ्का कोरिडारेको ट्र्याक खुलेको पनि उल्लेख गर्नुभयो । मन्त्रालयले सडक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनाभित्रमा देशभर सवारी चालक अनुमति पत्रको समस्या समाधान हुनेगरी मन्त्रालयले काम गरिरहेको पनि जिकिर गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता
एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता
बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन
बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति