मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

सारांश

  • पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपाल-चीन सीमा जोड्ने मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ ।
  • टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले एक विज्ञप्ति जारी गरी गत मंगलबार बिहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रीहरू समस्यामा परेको बताएका हुन् ।
  • टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटकहरु तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कूटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

२८ असार, काठमाडौं ।

पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपाल-चीन सीमा जोड्ने मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले एक विज्ञप्ति जारी गरी गत मंगलबार बिहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रीहरू समस्यामा परेको बताएका हुन् ।

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटकहरु तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कूटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ । टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा भिसा उपलब्ध गराउन गराउन समेत सरकासँग माग गरे ।

उनले नेपालस्थित चिनियाँ दूतावासँग कूटनीतिक पहल गरी भिसा प्रक्रियालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौंमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउन पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे । टानले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाहरूको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
वर्षाको सम्भावना मंगलबारसम्म
वर्षाको सम्भावना मंगलबारसम्म
एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते