सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
२७ असार, काठमाडौं ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताउनु भयो । उहाँले खर्बपति व्यापारी विनोद चौधरीका आमाबुबालाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्थाले सामाजिक सुरक्षाको समस्या समाधान हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकसम्बन्धी समस्या महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगको मात्र समस्या होइन । यो स्वास्थ्य मन्त्रालयसँग पनि सम्बन्धीत छ । यो कानून मन्त्रालयसँग पनि सम्बन्धित छ र यो अर्थ मन्त्रालयसँग पनि सम्बन्धीत छ । त्यसकारणले म एक शब्दमा के भन्न चाहान्छु भने यदि हामीले जेष्ठ जनगरिकसम्बन्धी विधेयक ल्याउनुप¥यो भने हामी तीन महिना पहिलेसम्म तयार पार्न सक्दैनौं ।
हामीले सबैको राय, सुझाव समेत समेटेर ल्याउनुपर्ने भएको कारणले ढिला हुनसक्छ । धेरै माननीय सदस्यहरुले सामाजिक सुरक्षा भत्ता बढाउने कुरा गर्नुभएको छ । अहिले सरकारले खर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाउमा व्यहोरिरहेको छ । तर व्यहोर्ने जुन पद्धति छ यहाँ वनोद चौधरीको आमा–बुबालाई पनि सामापजक सुरक्षा भत्ता दिनुपर्छ । एउटा अर्बपति व्यापारी छ उसले पनि सामाजिक सुरक्षा भत्ता उठाइरहेको छ । यसरी हुँदैन । जसलाई आवश्यक सामाजिक सुरक्षाको उसलाई आर्थिक सहयोग गर्नुपर्छ । यसमा सुधार नगरी हुँदैन ।’ मन्त्री सुडीले ज्येष्ठ नागरिकका समस्या स्वास्थ्य, कानून र अर्थ मन्त्रालयसँग समेत प्रत्यक्ष सम्बन्धित रहेको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर ऐन निर्माण गर्ने समेत बताउनु भयो ।
Post Comment