काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन

सारांश

  • जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो ।
  • प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीवार जारी  विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ।

८ मंसिर, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीवार जारी  विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ।

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
मधेश प्रदेश सभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
मधेश प्रदेश सभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
मातातीर्थ मेला आजदेखि सुरु
मातातीर्थ मेला आजदेखि सुरु
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति