तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ७, २०८०
|
|
४० पटक हेरिएको
Shares
तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा

सारांश

  • हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरुले भदौदेखि तलब, भत्ता तथा सेवा सुविधा नपाएको भन्दै २२ कात्तिकदेखि ‘पेन डाउन’ गरेका छन् ।
  • प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले भदौदेखि पाउनुपर्ने तलब, भत्ता, सेवा सुविधा नपाएपछि आन्दोलन गर्नुपरेको बताए ।
  • प्राध्यापक र प्रतिष्ठानको पदाधिकारीबीच पटकपटक छलफल हुँदा पनि समस्या समाधान नभएपछि २२ कात्तिकबाट पठनपाठनको काम रोकेको उनले जानकारी दिए ।

७ मंसिर, काठमाडौं । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरुले भदौदेखि तलब, भत्ता तथा सेवा सुविधा नपाएको भन्दै २२ कात्तिकदेखि ‘पेन डाउन’ गरेका छन् ।

प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले भदौदेखि पाउनुपर्ने तलब, भत्ता, सेवा सुविधा नपाएपछि आन्दोलन गर्नुपरेको बताए । प्राध्यापक र प्रतिष्ठानको पदाधिकारीबीच पटकपटक छलफल हुँदा पनि समस्या समाधान नभएपछि २२ कात्तिकबाट पठनपाठनको काम रोकेको उनले जानकारी दिए । अध्यक्ष सापकोटाले भने, ‘करिब ४ महिनादेखिको हाम्रो तलब, भत्ता, सेवासुविधा रोकिएकोले बाध्य भएर हामी आन्दोलनमा छौं ।’

बागमती प्रदेश अन्तर्गत सञ्चालित प्रतिष्ठानका पदाधिकारीले गैरजिम्मेवार जवाफ दिएको सापकोटा बताउँछन् । ‘प्रदेश गौरवको योजना भनेर प्रतिष्ठान स्थापना गरेर विद्यार्थीलाई अनुदानमा पढाउनुपर्छ भन्ने कुरा बिर्सन छुट छ र ?’ उनले प्रश्न गरे । प्राध्यापक कल्याणकारी समितिले बिहीबार सात बुँदे विज्ञप्ति जारी गरी नियम अनुसार पाउनुपर्ने तलब भत्ता तथा सेवा सुविधा समयमै उपलब्ध गराउनुपर्ने प्रतिष्ठान तथा शिक्षकहरुको स्थायित्वका लागि सेवा आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् ।

बिहीबार आन्दोलनरत प्राध्यापक र प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच भएको छलफल पनि विना निश्कर्ष सकिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले भने सहमति नजिक पुगेको बताए । चिकित्सा शिक्षा आयोगको नियमानुसार स्वास्थ्य मन्त्रालयबाट भर्ना भएका विद्यार्थीको छात्रवृत्तिवापतको ७५ प्रतिशत रकम नपाउँदा प्राध्यापकलाई तलब भत्ता दिन नसकेको उनको भनाइ छ । ‘प्रतिष्ठानले समस्या समाधानको लागि सम्बन्धित निकायहरुसँग निरन्तर प्रयत्न गरिरहेको छ । टुंगिने अवस्थामा पुगेको छ’, उनले भने । प्रतिष्ठानले बी फार्मा, बीपीएच, नर्सिङ र बीएससी एमएल्टी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ र करिब २०० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
चितवनको रत्ननगरमा एक बालकको श*व फेला
चितवनको रत्ननगरमा एक बालकको श*व फेला
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
गृहमन्त्री र सचिवको गाडीबाट ट्राफिकले हटायो कालो सिसा
गृहमन्त्री र सचिवको गाडीबाट ट्राफिकले हटायो कालो सिसा
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय