२६ भाद्र २०८२, बिहीबार

अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता

२२ असार, अमेरिका ।

अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको एनबीसी  दिएको छ । २७ जना व्यक्ति हराइरहेको पनि बताइएको छ । राज्यको मध्यभागमा ग्वादालुप नदीमा बाढी आएपछि त्यसले व्यापक क्षति पुर्‍याएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।  खोजीकर्ताहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायताले पीडितहरूलाई खोजिरहेका छन् ।

सडक बगेपछि क्याम्पहरूमा एक्लिएका व्यक्ति र रुखमा बसेर ज्यान जोगाइरहेका व्यक्तिलाई उद्धार गर्न खोजिएको छ । केर काउन्टीमा बाढीले सबभन्दा बढी क्षति गरेको छ । बालिकाहरूको समर क्याम्प चलेको स्थान क्याम्प मिस्टिकमा बाढी पसेपछि २७ जना बालबालिका हराएका छन् । बाढीसम्भावित क्षेत्रमा पर्याप्त चेतावनी र सूचना दिइएको थियो कि थिएन र विपतका लागि तयारी पुगेको थिएन भनी प्रश्न उठेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment