जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) सर्लाहीको आयोजनामा जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवमाथि लगाइएको झुठा मुद्दा तत्काल फिर्ता लिन माग गर्दै शनिबार मलंगवा सदरमुकाममा विरोध प्रदर्शन गरिएको छ।
  • जनता समाजवादी पार्टी सर्लाहीका नेता तथा सचिव सोहन झाले प्रहरीमाथि कडा चेतावनी दिँदै भने, “हाम्रो अध्यक्षमाथि लगाइएको झुठा मुद्दा फिर्ता नलिएमा मसाल जुलुस, यातायात ठप्प लगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिनेछ।
  • ” यो विरोध प्रदर्शन यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको पक्राउ पुर्जीको विरोध स्वरूप भएको हो।

२१ असार, सर्लाही।

जनता समाजवादी पार्टी (जसपा) सर्लाहीको आयोजनामा जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवमाथि लगाइएको झुठा मुद्दा तत्काल फिर्ता लिन माग गर्दै शनिबार मलंगवा सदरमुकाममा विरोध प्रदर्शन गरिएको छ। जनता समाजवादी पार्टी सर्लाहीका नेता तथा सचिव सोहन झाले प्रहरीमाथि कडा चेतावनी दिँदै भने, “हाम्रो अध्यक्षमाथि लगाइएको झुठा मुद्दा फिर्ता नलिएमा मसाल जुलुस, यातायात ठप्प लगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिनेछ।”

यो विरोध प्रदर्शन यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको पक्राउ पुर्जीको विरोध स्वरूप भएको हो। बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का र यादवबीच फोनमा भएको विवादपछि प्रहरीले यादवविरुद्ध अपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो। त्यसपछि शुक्रबार दिउँसो जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। अशोक यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा विभिन्न आपराधिक मुद्दा पनि दर्ता छन् जसमा चोरी, अभद्र व्यवहार, सरकारी सम्पत्ति तोडफोड र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाहरू रहेका छन्।

यादवले प्रहरीले राजनीतिक प्रेरणामा झुठा मुद्दा लगाएको आरोप लगाउँदै आफ्नो निर्दोषता प्रमाणित गर्न संघर्ष गर्ने बताएका छन्। जसपाले यादवमाथि जारी पक्राउ पुर्जीलाई राजनीतिक उत्पीडनको भाग भएको भन्दै यसको विरोधमा विभिन्न जनआन्दोलन सञ्चालन गर्ने योजना बनाएको छ। यसअघि पनि यादवमाथि कुल ७ वटा आपराधिक मुद्दा दर्ता भएका छन् जसमा सरकारी कार्यालयमा तोडफोड, कर्मचारीमाथि धम्की, प्रहरीमाथि गालीगलौज र सडक जग्गा विवादमा कुटपिटसम्बन्धी मुद्दा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही