माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२१ पटक हेरिएको
Shares
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

सारांश

  •   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका छन् ।
  •   काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले ०६२ मा नेकपा एमालेले राजतन्त्रबारे निर्णय गर्दा ओलीले दिएको अभिव्यक्ति स्मरण गर्दै चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका हुन् ।
  • ‘तपाईंहरूलाई म स्मरण गराउन चाहन्छु– ०६२ सालमा तत्कालीन नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय गर्‍यो ।

२० असार, काठमाडौं । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका छन् ।  काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले ०६२ मा नेकपा एमालेले राजतन्त्रबारे निर्णय गर्दा ओलीले दिएको अभिव्यक्ति स्मरण गर्दै चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका हुन् ।

‘तपाईंहरूलाई म स्मरण गराउन चाहन्छु– ०६२ सालमा तत्कालीन नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय गर्‍यो । गणतन्त्रको नीतिमा अगाडि बढ्नपर्छ भन्ने निर्णय गर्दै थियो,’ नेपालले भने, ‘त्यहीँ भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए । यो पार लाग्दैन भनिरहेका थिए । बाहिर गएर भाषण पनि गरे– जसरी बयल गाडा चढेर वासिङटन पुग्न सकिँदैन, त्यसैगरी आन्दोलन गरेर राजालाई ढाल्न सकिँदैन । हामीले त्यो चुनौती स्वीकार गर्‍यौँ । हामीले भन्यौँ– हेर्दै जानुस्, तपाईँ विरोध गर्दै रहनुस्, हामी राजतन्त्रलाई ढाली छाड्छौँ ।’  उनले एकीकृत समाजवादी पार्टीबारे केही व्यक्तिहरूले नकारात्मक टिप्पणी गरिरहेको भन्दै आपत्ति जनाए । ‘हाम्रो पार्टीबारे केही मानिसहरूले नकारात्मक टिप्पणीहरू  गरिरहेका छन् । कसै–कसैले यो पार्टीको भविष्य छैन भन्छन्, कसै–कसैले यो पार्टी चल्दैन भन्छन्,’ अध्यक्ष नेपालले भने, ‘त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्ने गर्दछन् । सबै मान्छेमा उतिकै विश्वास हुँदैन, सबै मान्छेमा त्यत्तिकै आत्मविश्वास पनि हुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?