मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १७, २०८२
|
|
५२ पटक हेरिएको
Shares
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ

सारांश

  • ठूलो परिमाणको लागुऔषध गाँजा र अफिमसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र स्थानीय प्रहरीको टोलीले मकवानपुर, कैलाश गाउँपालिका–५ कटहरे, पोखरीस्थित एक घरबाट १०७४ किलोग्राम गाँजा बरामद गरी ४ जनालाई पक्राउ गरेको हो।
  • पक्राउ परेकाहरूमा ७३ वर्षीय हरि बहादुर वाईवा, ४८ वर्षीय बुद्धि बहादुर पाख्रिन (बद्रि बहादुर पाख्रिन), ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्।

१७ असार, काठमाडौं ।

ठूलो परिमाणको लागुऔषध गाँजा र अफिमसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र स्थानीय प्रहरीको टोलीले मकवानपुर, कैलाश गाउँपालिका–५ कटहरे, पोखरीस्थित एक घरबाट १०७४ किलोग्राम गाँजा बरामद गरी ४ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा ७३ वर्षीय हरि बहादुर वाईवा, ४८ वर्षीय बुद्धि बहादुर पाख्रिन (बद्रि बहादुर पाख्रिन), ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। उनीहरूले घरमा गाँजा संञ्चय गरी राखेको विशेष सूचनाको आधारमा सोमबार बिहान ८ बजे छापा मारिएको प्रहरीले जनाएको छ।

यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र स्थानीय प्रहरीले कैलाली, घोडाघोडी नगरपालिका–१ बाट २.७ किलोग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीय लोकेन्द्र शाही (हुम्ला), २७ वर्षीय शालु शाही, र ३२ वर्षीया पूर्णिमा पुन मगर (रोल्पा) छन्। उनीहरूलाई सोमबार साँझ ६ बजे पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थुनामुक्त भए दुर्गा प्रसाईं
थुनामुक्त भए दुर्गा प्रसाईं
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित परिवालाई २१ करोड मुआब्जा वितरण
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित परिवालाई २१ करोड मुआब्जा वितरण
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा