१२ श्रावण २०८२, आईतवार

मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ

१७ असार, काठमाडौं ।

ठूलो परिमाणको लागुऔषध गाँजा र अफिमसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र स्थानीय प्रहरीको टोलीले मकवानपुर, कैलाश गाउँपालिका–५ कटहरे, पोखरीस्थित एक घरबाट १०७४ किलोग्राम गाँजा बरामद गरी ४ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा ७३ वर्षीय हरि बहादुर वाईवा, ४८ वर्षीय बुद्धि बहादुर पाख्रिन (बद्रि बहादुर पाख्रिन), ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। उनीहरूले घरमा गाँजा संञ्चय गरी राखेको विशेष सूचनाको आधारमा सोमबार बिहान ८ बजे छापा मारिएको प्रहरीले जनाएको छ।

यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र स्थानीय प्रहरीले कैलाली, घोडाघोडी नगरपालिका–१ बाट २.७ किलोग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीय लोकेन्द्र शाही (हुम्ला), २७ वर्षीय शालु शाही, र ३२ वर्षीया पूर्णिमा पुन मगर (रोल्पा) छन्। उनीहरूलाई सोमबार साँझ ६ बजे पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?