सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४८ पटक हेरिएको
Shares
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति

सारांश

  • नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट बाहिरिएका छन् ।
  • शिक्षकको पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू निस्किएका हुन् ।
  • “सरकारले पटक–पटक शिक्षकहरूसँग ७५/२५ को सहमति गरेको थियो ।

१६ असार, काठमाडौं ।

नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट बाहिरिएका छन् । शिक्षकको पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू निस्किएका हुन् । “सरकारले पटक–पटक शिक्षकहरूसँग ७५/२५ को सहमति गरेको थियो ।  हामीले यही कुरा राख्यौँ,” महासंघका महासचिव तुलाबहादुर थापाले  भने, “तर, उहाँहरूले ७५/२५ को अवस्थामा शिक्षा विधेयक अगाडि बढाउन नसकिने बताउनुभयो । अनि, हामी निस्कियौँ ।”

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यसअघि सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको थियो । शिक्षकसँगको वार्ताका कारण समिति बैठकको समय दिउँसो २ बजेसम्मका निम्ति सारिएको थियो । बैठकमा महासचिव थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहभागी थिए ।  महासंघले आफूसँग गरेका सहमतिअनुसार ‘अग्रगामी’ शिक्षा विधेयक पारित नगरिए पहिलेभन्दा कडा आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ