अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु
१६ असार, अछाम ।
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।वडा कार्यालय नजिक वडा स्तरिय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा पातलकोटका ४५ वर्षीया वीरे साउँदको
सोमबार बिहान मृत्यु भएकाे वडाध्यक्ष संजु थापाले जानकारी दिनुभयो । पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शङ्कर साउँदले जानकारी दिनुभयो । साउँद मिस्त्री थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment