काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम

सारांश

  • आज (सोमबार) देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
  • महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको जोखिम छ ।
  • यस्तै कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला बहने नदीहरुमा पनि बाढी आउन सक्ने सम्भावना छ ।

१६ असार, काठमाडौँ ।

आज (सोमबार) देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको जोखिम छ ।

यस्तै कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला बहने नदीहरुमा पनि बाढी आउन सक्ने सम्भावना छ । संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव पनि आज उल्लेखय बढ्ने र आकश्मिक बाढीको सामान्य जोखिम देखिएको छ । त्यसैले ती जिल्लाका नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै रहने देखिए पनि बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता आवश्यक छ । गएको २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर पानी परेको छ । यो निकै ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कैलाली, कञ्चनपुरलगायतका सुदूरपश्चिमका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
आज देशभरको मौसम मुख्यतया सफा रहने
आज देशभरको मौसम मुख्यतया सफा रहने
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ