एनपीएलका लागि पोखराले रिटेन गर्यो ७ खेलाडी,
१५ असार, काठमाडौं ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । पोखराले आइतबार सामाजिक सञ्जालमार्फत रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । यसअघि पोखराले गत सिजनका मार्की तथा कप्तान कुशल भुर्तेललाई रिटेन गर्ने संकेत गरिसकेको थियो ।
उनीसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना र तृतराज दासलाई रिटेन गरेको हो । एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोएल्स, चितवन राइनोज, लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment