अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
५ मंसिर, काठमाडौं । अर्थतन्त्र चलायमान बनाउने विषयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ ।
सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रूपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो । सोमबार प्रधानमन्त्रीले अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । मंगलबारको बैठकमा आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1