१३ असार २०८२, शुक्रबार

गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा

१३ असार, काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ । यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । गत वर्ष एसइईको नजिता खराब आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षा मन्त्रालयसम्मले त्यसमा चासो दिएका थिए । प्रधानमन्त्री ओलीले बारम्बार एसइईको नतिजा सुधार गर्नेगरि काम गर्न निर्देशन दिएका थिए ।२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । गत वर्ष एसइईको नजिता खराब आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षा मन्त्रालयसम्मले त्यसमा चासो दिएका थिए । प्रधानमन्त्री ओलीले बारम्बार एसइईको नतिजा सुधार गर्नेगरि काम गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment