१४ असार २०८२, शनिबार

इटाली र जर्मनी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

१२ असार, काठमाडौं । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन् । यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको हो ।

परराष्ट्रमन्त्री राणा असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औँ सम्मेलन’मा सहभागी हुन इटाली जान लागेकी हुन् ।  यस्तै, लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment