२४ माघ २०८२, शुक्रबार

रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै

१२ असार, काठमाडौं ।

डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा दावी गर्दै दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ प्रारम्भिक सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले केहीबेरमा आदेश आउने अदालत स्रोतले जनाएको छ।ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै आजै सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय ,महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा  र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। ढकालले आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका छन्। आफ्नो कारवाहीबारे पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई भनेका छन्।  पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री,केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो। पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ।

Post Comment

छुटाउनुभयो कि ?