लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने बताएका छन्।
  • बिहीबार काठमाण्डौंमा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्।
  • गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

१२ असार, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने बताएका छन्। बिहीबार काठमाण्डौंमा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्।

गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।  लागुऔषधसेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको उनले बताए। ‘मुख्य विषय भनेको यसको रोकथाम हो। जनचेतना महत्वपूर्ण विषय हो। लागुऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ।’ लेखकले भने,“ लागुऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।’  लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।‘एक लाख ३४ हजार जना लागुऔषध सेवन कर्ता रहेको तथ्याङ्क छ। समाज नराम्रोसित प्रभावित हुदैछ।’ उनले भने,‘मुलुकभरका कारगाराका कैदीबन्दीहरुमध्ये दोस्रो ठूलो संख्यामा लागुऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।’

त्यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सबै यसका विरुद्ध एकजुट लाग्नुपर्ने बताए। उनले लागुऔषधका कारण शान्तिसुरक्षामा प्रतिकुल प्रभाव पर्ने भएकाले यसका विरुद्ध सामूहिक प्रतिवद्धता आजको आवश्यकता रहेको धारणा राखे। उनले बिहीबार मात्रै वीरगञ्जबाट झण्डै साढे तीन सय क्वीन्टल चरेश बरामद गरिएको र केहीलाई नियन्त्रणमा लिएको जानकारी दिए। स्वस्थ,सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागुऔषध दुरुपयोगविरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो। हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
पौडी खेल्न बूढीगण्डकीमा पसेका किशोरको डुबेर मृत्यु
पौडी खेल्न बूढीगण्डकीमा पसेका किशोरको डुबेर मृत्यु
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

तपाईंले छुटाउनुभयो कि?