१४ असार २०८२, शनिबार

प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ

११ असार, काठमाडौं । 

रौतहट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गौर नगरपालिका वडा नम्बर ३ स्थित विपी चोक हुँदै बसपार्कतर्फ गइरहेको ना.१ ह.७८९३ नम्वरको अटोरिक्सालाई रोकेर चेकजाँच गर्नेक्रममा प्रहरीले उक्त परिमाणको लागुऔषध  फेला पारेको हो । सोक्रममा प्रहरीले चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय अजय विकलाई पनि नियन्त्रणमा लिएको छ ।

उक्त अटो सिमावर्ती भारतको बैरगनियाबाट यात्रुहरुलाई लिएर सदरमुकाम गौरको वसपार्कतर्फ जाँदै थियो । बिकको साथबाट फेनेरेगन इन्जेक्सन ११० एम्पुल, बुपरेर्नोफिन इन्जेक्सन ११० एम्पुल, सेरेजैक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल, डाइजेपाम इन्जेक्सन ४६ एम्पुल गरेर ३३० थान प्रतिबन्धित इन्जेक्सन बरामद भएको रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिले बताए । लागुऔषधसहित पक्राउ परेका युवकलाई जिल्ला अदालतमा म्याद थप गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको एसपी गिरिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment