इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२४ पटक हेरिएको
Shares
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग

सारांश

  •   इरानमा जारी संकटबीच भारतीय सहयोगमा थप ७ जना नेपाली नागरिक बुधबार स्वदेश फर्किँदै छन् ।
  • इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना दिउँसो र तीन जना साँझ फर्किने तयारीमा छन् ।
  • त्यहाँ रहेका एक नेपाली नागरिकले अनलाइनखबरलाई दिएको जानकारीअनुसार दिउँसो दिल्ली हुँदै स्वदेश फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् ।

११ असार, काठमाडौं । 

इरानमा जारी संकटबीच भारतीय सहयोगमा थप ७ जना नेपाली नागरिक बुधबार स्वदेश फर्किँदै छन् । इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना दिउँसो र तीन जना साँझ फर्किने तयारीमा छन् । त्यहाँ रहेका एक नेपाली नागरिकले अनलाइनखबरलाई दिएको जानकारीअनुसार दिउँसो दिल्ली हुँदै स्वदेश फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् । साँझको उडानबाट यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल फर्किँदै छन् । यी नेपालीहरु मंगलबार नै फर्किनुपर्ने योजना भए पनि ‘एक्जिट परमिट’ नपाएकाले रोकिएका थिए ।

तर, बुटवलका सुमन गैरे र गणेश पोखरेल भने परमिट मिलेसँगै मंगलबार नै स्वदेश फर्किएका थिए। उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो । उद्धार प्रक्रिया भारतीय दूतावासको सहकार्यमा अघि बढाइएको हो । उद्धार अन्तर्गत ती नेपालीहरू आइतबार बसमार्फत मसहदस्थित विमानस्थलसम्म पुर्याइएका थिए । फिर्ता हुँदै गरेका केही नेपालीहरु दूतावासमा र केही रेष्टुरेन्टमा कार्यरत थिए । यसैबीच सरकारले इजरायलमा रहेका नेपालीहरुलाई पनि आवश्यक परेको खण्डमा उद्धार गर्ने तयारी गरिरहेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणाको संयोजकत्वमा श्रम, पर्यटन, गृह तथा परराष्ट्र मन्त्रालयको संयुक्त बैठकमा इरान र इजरायलबीचको युद्ध परिस्थितिको समीक्षा गर्दै दुवै देशबाट नेपाली नागरिकको सुरक्षित उद्धारको तयारी भइरहेको जानकारी दिइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५ हजार ५ सय नेपाली छन् । हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले उच्चस्तरीय आणविक बम निर्माण सुरु गरेको भन्दै त्यसविरुद्ध सैनिक कारबाहीको घोषणा गरेका छन् । उनले इरानको यो कदम आणविक अप्रसार सन्धिको उल्लंघन भएको आरोप लगाएका छन् ।  ओमानमा अमेरिका र इरानबीच नयाँ आणविक वार्ताको तयारी भइरहेका बेला इजरायली कारबाहीले तनाव थपिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै