असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२२ पटक हेरिएको
Shares
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।
  • बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् ।
  • विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उनको भनाइ थियो ।

११ असार, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उनको भनाइ थियो । ‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ । त्यसलाई १४ गते नै पास गर्छौं,’ गृहमन्त्री लेखकले भने, ‘चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’

समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताएका हुन् । सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन गृहमन्त्री लेखकले आग्रह गरेका छन् । समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया