सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
१० असार, काठमाडौं ।
सरकारलाई जसपाको समर्थन फिर्ता हुने संकेत, संसदीय दललाई निर्णय गर्न निर्देशन जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
वरिष्ठ नेता राजकिशोर यादवले पनि सरकार संविधान संशोधन, सुशासन र आर्थिक सुधारमा पूर्ण असफल भएको भन्दै समर्थन फिर्ताको औपचारिक निर्णय चाँडै हुने बताए । जसपा नेपालको केन्द्रीय कार्यकारिणी र संसदीय दल दुवैमा उपेन्द्रकै नेतृत्व छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment