जिल्ला अदालतको परिसरबाट कैदी फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जिल्ला अदालतको परिसरबाट कैदी फरार

सारांश

  • मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् ।
  • विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् ।
  • उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो ।

९ असार, विराटनगर ।

मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् । विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् । उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो । सो सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो ।

झालाई मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा उनले शौचालय जान्छु भनेका थिए । त्यही बहानामा प्रहरीलाई छल्दै उनी अदालत परिसरबाट फरार भएका  मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । चेक अनादारसम्बन्धी मुद्दामा अदालतबाट सजाय पाएका झा यसअघि पनि फरार रहेको र अदालतको आदेशपछि उनलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अदालतमा बुझाउने क्रममा उनी पुनः फरार भएका हुन् । डिएसपी चुडालका अनुसार झाको खोजी कार्य तीव्र पारिएको छ भने उनको सम्भावित बसोबास स्थानमा निगरानी बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
सुनकोशीमा खसेको बेपत्ता कारको खोजीका लागि गोताखोर परिचालन
सुनकोशीमा खसेको बेपत्ता कारको खोजीका लागि गोताखोर परिचालन