१४ असार २०८२, शनिबार

जिल्ला अदालतको परिसरबाट कैदी फरार

९ असार, विराटनगर ।

मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् । विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् । उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो । सो सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो ।

झालाई मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा उनले शौचालय जान्छु भनेका थिए । त्यही बहानामा प्रहरीलाई छल्दै उनी अदालत परिसरबाट फरार भएका  मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । चेक अनादारसम्बन्धी मुद्दामा अदालतबाट सजाय पाएका झा यसअघि पनि फरार रहेको र अदालतको आदेशपछि उनलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अदालतमा बुझाउने क्रममा उनी पुनः फरार भएका हुन् । डिएसपी चुडालका अनुसार झाको खोजी कार्य तीव्र पारिएको छ भने उनको सम्भावित बसोबास स्थानमा निगरानी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment