निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री
९ असार, काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक छिटै अघि बढ्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले रोक्नुपर्ने कुनै कारण नभएको भन्दै छिटै अघि बढ्ने बताएका हुन् ।
कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा सत्यता नरहेको उनले बताए । उनले संसद्मा विरोध भइरहेको र आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट उक्त विधेयक हटाइएको स्पष्ट पारे । मन्त्री गुप्ताले संसदीय समितिबाट पारित विधेयकको फुलस्टप र कमा समेत परिवर्तन नहुने जिकिर गरे ।mउनले विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गर्दै सो विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
Post Comment