निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

सारांश

  •   सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक छिटै अघि बढ्ने बताएका छन् ।
  • सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले रोक्नुपर्ने कुनै कारण नभएको भन्दै छिटै अघि बढ्ने बताएका हुन् ।
  • कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा सत्यता नरहेको उनले बताए ।

९ असार, काठमाडौं । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक छिटै अघि बढ्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले रोक्नुपर्ने कुनै कारण नभएको भन्दै छिटै अघि बढ्ने बताएका हुन् ।

कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा सत्यता नरहेको उनले बताए । उनले संसद्मा विरोध भइरहेको र आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट उक्त विधेयक हटाइएको स्पष्ट पारे ।  मन्त्री गुप्ताले संसदीय समितिबाट पारित विधेयकको फुलस्टप र कमा समेत परिवर्तन नहुने जिकिर गरे ।mउनले विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गर्दै सो विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता
रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता