०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।
  • नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो ।

८ असार, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो ।पार्टीबाट यो प्रस्ताव नै पारित गरौं भन्ने मेरो प्रस्ताव छ । कि २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको छ,’ थापाले भने, ‘कांग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो जोले जिम्मेवारी लिएका छौं । बितेका वर्षहरूको एउटा शक्तिशाली छानबिन आयोग बनाऔं । देशले पत्याएको मान्छे छानौं ।’थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच उपस्थित हुन नसक्ने बताए ।

‘कुनै पार्टीको भागबन्डामा नबसेका मान्छेलाई त्यो समितिमा राखौं । त्यो मान्छेलाई ०४६ सालपछिका काम गरेका, जिम्मा बसेका प्रत्येका नेताको सम्पत्ति छानबिन गर्न लगाऔं,’ थापाले भने, ‘कांग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला । जो परेपनि हामीले मान्छौं भनेर हामीले आँट गर्‍यौं भने मात्रै अबको जेनेरेशनले तिमिहरूको कुरा सुन्छौं भन्छ ।’थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको पनि बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते
सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन