Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?

सारांश

  • सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
  • न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेलको नाम प्रस्ताव गरेको हो।
  •   उनीविरुद्ध टिबी कार्कीको नामबाट समितिमा उजुरी परेको हो।

८ असार, काठमाडौं।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेलको नाम प्रस्ताव गरेको हो।  उनीविरुद्ध टिबी कार्कीको नामबाट समितिमा उजुरी परेको हो। उनको उजुरी निवेदन समितिको २१ नम्बरमा दर्ता भएको छ।

जेठ २७ गते बसेको न्याय परिषद्को बैठकले  पोखरेलको नाम प्रस्ताव गरेको थियो। उजुरी निवेदनमा पोखरेल न्यायाधीश हुन नै अयोग्य भएको दाबी गरिएको छ।  कार्कीले पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले तथ्य र प्रमाणसहित सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले उनी अदालतको आदेश नमानी अदालतको फैसलाविरुद्ध उभिएको भनेका छन्। त्यस्तै अधिवक्ता पोखरेल  गत जेठ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा गएर रवि लामिछानेलाई थुनामा पठाएको विषयमा छलफल गर्न गएको पनि निवेदनमा उल्लेख छ।

‘एउटा पार्टी कार्यालयमा गएर उहाँले अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो? कत्तिको नैतिक अथवा अनैतिक हो? प्रश्न चिह्न उठेको छ, ‘ उनले निवेदनमा उल्लेख गरेका छन्, ‘यसरी वरिष्ठ अधिवक्ता जस्तो व्यक्तिले कुनै पार्टी कार्यालयमा गएर आरोपितको पक्षमा बोल्नु, अदालतको आदेशको अवज्ञा हुने गरी मन्तव्य राख्नु कत्तिको सुहाउँदो कुरा हो?’ सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया गत जेठ ३१ गतेबाट सुरु गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार