बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
८ असार, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ८, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता
तह तलै रहने भएपनि बढ्दो रहने तथा कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आवश्यक छ।यस्तै बाढी महाशाखाले आजचाहिँ इलाम, पाँचथर, धनकुटा, उदयपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासीपूर्व, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, बाग्लुङ, दाङ, प्युठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी रहेको जानकारी दिएको हो।
Post Comment